काठमाडौँ । राजतन्त्रको पक्षमा संयुक्त सडक आन्दोलन गरिरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।mपूर्वगृहमन्त्री समेत रहेका थापा काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनमा पक्राउ परेका हुन ।
राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापा लगायतका प्रदर्शनकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।



