२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

बसले च्यापेर बालिकाको मृत्यु

गोरखा – गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही। बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते भएकी छिन् । ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती भएको स्थानीय अर्जुन प्रताप राणाले जानकारी दिनुभयो ।

गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा विनीता सुर्खेती गम्भिर घाइते भएकी छिन् । उहाँको गोरखा अस्पतालमा उपचार जारी छ । घटना स्थलमा स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासि अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गम्भिर घाइते भएकी हो बाँकी विवरण भने आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?