२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

गाउँ जोगाउँन श्रमदान गर्दै माझी समुदाय

रामेछाप– गत बर्ष तामाकोसी नदिमा आएको बाढीले कटान गरेर जोखिममा परेको आफ्नो गाउँ गाइखुरालाई जोगाउँन यहाँका माझीहरु तटबन्ध निर्माणका लागि श्रमदानमा जुटेका छन् ।सहयोगका लागि धेरै तिर हारगुहार गरेका माझी समुदायले कतैबाट पनि सहयोग नपाएपछि अहिले आफैं श्रमदान गरेर तटबन्ध निर्माणमा जुटेका हुन् । तिनै तहका सरकारसंग सहयोगका लागि याचना गरेका माझी समुदायले कतैबाट पनि सहयोग नपाएपछि आफ्नो गाउँ आर्फै जोगाउन तटबन्ध निर्माण गर्न लागेका हुन् ।

गत बर्षको असोज महिनामा आएको बाढीले बस्ति मुनिको भाग कटान गरेर तटबन्ध बगाएपछि जोखिममा परेको गाइखुरा गाउँका ८२ परिवार अहिले श्रमदानमा जुटेका छन् । बिहान उज्यालो नहुँदै तामाकोसी बगरमा ढुंगा बोक्न पुग्ने माझी समुदायले अहिले सम्म ६ दिन श्रमदान गरिसके । सरकारले जाली समेत उपलब्ध गराउन नसकेपछि माझीहरुले कोशिको ढुंगा संकलन गरेर तटबन्ध निर्माण गरेका छन् । तटबन्ध निर्माण संगै अब बस्ती जोगिने कुरामा माझी समुदाय बिश्वस्त भएको स्थानीय बालकृष्ण माझीले बताउनु भयो ।

श्रमदानमा जुटेका माझीहरुले खाजा खर्च भने गत बर्षको तिहारमा देउसी खेलेको रमकलाई सदुपयोग गरेका छन् । काम गर्दागर्दै भोक लाग्छ, त्यसैले खाजाका लागि आफ्नै समुदायले गत बर्षको तिहारमा देउसी खेलेको पैसा प्रयोग स्थानीय बालकृष्ण माझी बताउनु हुन्छ । बस्ती जोगाउन सवैतिर हार गुहार गर्दा पनि कसैबाट सहयोग नपाएपछि गाउँलेहरु सवै मिलेर श्रमदान गरी तटबन्ध निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?