भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो ३२ विमानस्थल

एजेन्सी । भारत र पाकिस्तानबीचको सैन्य तनावका बीच दुवै देशले आफ्ना प्रमुख विमानस्थल तथा हवाई क्षेत्रहरू अस्थायी रूपमा बन्द गरेका छन्, जसको असर अन्तर्राष्ट्रिय उडानमा व्यापक देखिएको छ।

पाकिस्तानले राति करिब ३:१५ बजे आफ्ना तीन वटा सैन्य बेसमा भारतीय वायुसेनाबाट आक्रमण भएको दाबी गरेसँगै तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएको हो । पाकिस्तानको विमानस्थल प्राधिकरणका अनुसार हवाई सेवा बिहान १२ बजेसम्मका लागि अवरुद्ध गरिएको छ।

यसको केही समयपछि भारतको नागरिक उड्डयन प्राधिकरणले पनि उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्ने ३२ विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने जानकारी दिएको छ। दुवै मुलुकको हवाई क्षेत्र बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा ठुलो असर पर्ने अनुमान गरिएको छ। यात्रुहरू अलपत्र पर्ने सम्भावना बढेको छ भने वैकल्पिक मार्गको खोजी पनि सुरु भएको छ।

बीबीसीका अनुसार यस घटनाले क्षेत्रीय शान्तिमा थप अस्थिरता ल्याउने सम्भावना छ भने अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?