डडेल्धुरामा अटोको ठक्करले एक ४ बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– ८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिँदा चार वर्षीय बालक विवेक बिकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठका अनुसार बिहीबार अपराह्न सडकमा हिँडिरहेका बिकलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल– ८ गोदाम नजिक ठक्कर दिएको थियो।