२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

भट्टको राजीनामा स्वीकृत गर्न कायममुकायम गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर नीलम ढुंगानालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भट्टलाई आगामी गभर्नरमा नियुक्त गर्ने सहमति भएपछि राजीनामा प्रक्रिया अघि बढाइएको हो । सो सहमतिअनुसार भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिइसकेका थिए । तर, कायममुकायम गभर्नर ढुंगानाले अहिलेसम्म स्वीकृत गरेका थिएनन् ।

शनिवार राति प्रधानमन्त्री ओली र सभापति देउवाबिच पुनः छलफल भएपछि अर्थमन्त्री पौडेलले ढुंगानालाई मन्त्रालयमा बोलाएर राजीनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?