२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

रामकुमारी झाक्रीको ‘रमिता’ टिप्पणीप्रति शिक्षकको आपत्ति: “रमिता भन्नु मानसिक स्खलन हो”

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले हालै दिएको “शिक्षकहरुले बढी रमिता देखाए” भन्ने टिप्पणीप्रति आन्दोलनरत शिक्षकहरुले आपत्ति जनाएका छन्।

आन्दोलनमा सक्रिय रहेका शिक्षक बिश्वर सिंह मेवाहाङले झाक्रीको टिप्पणीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत तीनवटा विगतका उदाहरण प्रस्तुत गर्दै “रमिता” को परिभाषा स्पष्ट गर्न आग्रह गरेका छन्।

मेवाहाङले लेखेका छन्, “शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर ‘रमिता’ भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु।” उनले सोधेका छन्, “२०६० को दशकमा तपाईंले सडकमा रेलिङ भाँचेर आन्दोलन गर्दा त्यो रमिता थियो कि आन्दोलन? २०७७ मा पार्टी अध्यक्षको विरोधमा टेप बाँधेर स्टेजमा प्रस्तुत हुँदा त्यो रमिता थियो कि विद्रोह? २०७८ मा मन्त्री पद गुमाउँदा पत्रकार सम्मेलनमै रोदा त्यो रमिता थियो कि जिम्मेवारीबोध?”

शिक्षक आन्दोलनले १८ दिन नाघिसकेको सन्दर्भ दिँदै उनले भनेका छन्, “कतिपयले गीत गाएका छन्, नाचेका छन्, टिकटक बनाएका छन्। यदि यही नै रमिता हो भने हामीले त जम्मा १८ दिन रमिता देखायौं, तपाईंहरुले त कति दशकदेखि रमिता देखाउँदै आउनुभयो?”

उनले संविधानले तोकेको तीन वर्षभित्र शिक्षा ऐन निर्माणको प्रावधान १० वर्षसम्म पुरा नभएकोप्रति पनि टिप्पणी गरेका छन्। “तपाईं सांसद र मन्त्री हुँदा शिक्षा ऐन बनाउन के भूमिका खेल्नुभयो?” भन्ने प्रश्न गर्दै उनले नेतृ झाक्रीलाई शिक्षाको गहिरो समझ राख्ने नेतृको रूपमा हेरेको बताए तर वर्तमान अभिव्यक्तिले उनी पनि “शासकको शैलीमा आदेश दिने” अवस्थामा पुगेको आरोप लगाए।

अन्त्यमा मेवाहाङले लेखेका छन्, “हामी शिक्षकहरुले २०३६ सालदेखि निरन्तर आन्दोलन गरिरहेका छौं। आन्दोलनबाट प्राप्त उपलब्धिहरू नै हाम्रो गौरव हुन्। तपाईं जस्तो आन्दोलनबाट उदाएको नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नु मानसिक स्खलन बाहेक केही होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?