२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

आजको मुद्रा बिनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको मूल्य बढेको छ। हिजो बढेको अस्ट्रेलियन डलरको मूल्य आज थप बढेको हो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा छ। तीन दिनसम्म स्थिर रहेर हिजो थोरै बढेको अमेरिकी डलर आज फेरि घटेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा छ। हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा थियो त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २० र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०९ र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा थियो। त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?