२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ प्रदान , त्रिपाठी र चालिसे सम्मानित

गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिकाद्वारा स्थापना गरिएको ‘गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१’ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ।

पुरस्कार वितरण कार्यक्रम त्रिवेणी ब्याङ्क्वेट, आत्तरखेलमा नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। स्रष्टा द्वयलाई दोसल्ला, सम्मानपत्र, फूलमाला तथा जनही १ लाख रुपैयाँ नगद राशिसहित सम्मान गरिएको हो।

कार्यक्रममा नगरप्रमुख रिसालले गोकर्णेश्वर क्षेत्रका युवामा साहित्यिक चेतना फैलाउने प्रेरणा लेखक रमेश विकलबाट मिलेको उल्लेख गर्दै अबदेखि देशभरिका विशिष्ट साहित्यिक व्यक्तित्वलाई पनि सम्मान गर्ने परम्परा विकास गरिने बताए।

अभिनव साहित्य समाजका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक गोविन्दप्रसाद घिमिरेले सम्मानित व्यक्तित्वहरूको योगदानबारे प्रकाश पारे।

पुरस्कृत प्रा.डा. त्रिपाठीले गोकर्णेश्वर नगरपालिकाको अनुकरणीय साहित्यिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै भैरव अर्याल र रमेश विकलको स्मरण गरे। विजय चालिसेले जन्मथलोमै विद्वानहरूको बीचमा पुरस्कृत हुनु गौरवको विषय भएको बताउँदै गोकर्णेश्वर नगरपालिका परिवारप्रति आभार व्यक्त गरे।

कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘रमेश विकल समग्र’ अन्तर्गत ‘बालकथाखण्ड’, ‘बालउपन्यास’, ‘बालनाटक’ र ‘अनुवादखण्ड’ तथा सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे’ नामक कृति लोकार्पण गरियो।

समालोचक गोपी मैनाली, प्रा.डा. कृष्णप्रसाद दाहाल, र युवराज मैनालीले ग्रन्थहरूबारे समालोचनात्मक मन्तव्य प्रस्तुत गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली, पूर्व कुलपति केके कर्माचार्य, बाजुराम पौडेल, वीरबहादुर खड्का, र प्रा. ठाकुर शर्मा भण्डारीलगायतको उपस्थिति थियो।

गोकर्णेश्वर नगरपालिका साहित्य, शिक्षा, संस्कृति र पूर्वाधार विकासमा अग्रणी हुँदै गएको सन्देश यस कार्यक्रममार्फत पुनः उजागर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?