काठमडौँ । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक युवराज संग्रौलामाथि लागेको दुर्व्यवहार आरोपबारे छानबिन गर्न गठित समितिमाथि नै प्रश्न उठेको छ।
समितिकी सदस्य अधिवक्ता सीमा धामीले छानबिन अघि नै संग्रौलाको पक्षमा सामाजिक सञ्जालमा वकालत गरेपछि निष्पक्षता माथि शंका उब्जिएको छ। पूर्वविद्यार्थीहरूले समितिको विश्वसनीयता माथि प्रश्न उठाउँदै स्वतन्त्र छानबिनको माग गरेका छन्।
एक छात्राले संग्रौलाले छात्राहरूप्रति अपमानजनक टिप्पणी गर्ने र व्यक्तिगत सेवा गराउन बाध्य पार्ने गरेको आरोप लगाएकी थिइन्। संग्रौलाले आरोप अस्वीकार गर्दै यो नियोजित प्रपञ्च भएको दाबी गरेका छन् ।
पूर्वविद्यार्थीहरूका अनुसार,कानुनी संस्थामा नै यस्तो आरोप आउनु गम्भीर विषय हो,जसले प्रणालीगत सुधारको माग गर्दछ।