क्लासिकल चेसमा रुपेश र सिन्दिरा अपराजित 

सन्दिप घिमिरे

हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं राष्ट्रिय पुरुष तथा १० औं महिला बुद्धिचाल प्रतिस्पर्धा छनौट भएका शीर्ष २४ खेलाडी बिच ११ चरणको राउण्ड रोविन खेल जारी छ । 
            
शुक्रबार सम्पन्न ९ औं चरणको खेल सम्म पुग्दा पुरुष तर्फ पूर्व नेपाल च्याम्पियन रुपेश जैसवाल र महिला तर्फ वर्तमान नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा रहेका छन् । 
       
रौतहटका रुपेश जैसवाल र काठमाडौंकी सिन्दिरा जोशी दुबैले आ आफ्नो विधामा समान ७.५ अंक बनाइ अग्रता कायम गर्ने क्रममा समान ६ जीत ३ बराबर खेल खेलेका छन् । 
      
अर्कोपटक २६औ राष्ट्रिय प्रतियोगितामा सिधा प्रवेश गर्ने वाटो भनेको शीर्ष ३ मा रहनु हो। शीर्ष ३ को होडमा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोश्रो स्थानमा उभिएका छन् ।  
      
काजकिस्तानमा हुने चेस ओलम्पियाडमा समेत सहभागी हुन कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंक सहित चौथो स्थानमा, झापाका शुश्रुत दहाल र दोलखाका आशिष् फूँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन्। 
    
यसैगरी महिला विधा तर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौंका एञ्जल महर्जनले ७ अंक बनाएर दोश्रो स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन्। बाँकेका इशा गिरि र झापाका पुनम प्रसाईं दुबै खेलाडी ६-६ अंक बटुल्दै प्रतियोगितामा मुकाबिला गरिरहेका छन्। 
      
स्ट्यान्डर्ड क्लासिकल राष्ट्रिय प्रतियोगिताको पुरुष तर्फ दशौं चरण खेल पुरुषोत्तमले सरोज महर्जन, क्षितिजले प्रेमकृष्ण, राजनले शुश्रुत, धिरेनले विनय, रुपेशले आशिष् र नवीनले रिजेन्द्र बिच जारी छ। 
        
९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ड रहेको राष्ट्रिय महिला खेलतर्फ इशाले लक्ष्मी, पुनमले नयुमा, शुशिलाले निहाना, कृतिसाराले शान्ति, सिन्दाले दानिशा र एञ्जलले बिनिता सँग स्पर्धा गरिरहेका छन्। 
     
यसै साताव्यापी सम्पन्न हुने राष्ट्रिय बुद्धिचाल खेलको अन्तिम खेल शनिबार बिहान ८ बजे शुरु हुने संयोजक धरम बहादुर लामाले जानकारी गराएका छन्। 
    
महासंघका महासचिव लामाले लगत्तै विजेतालाई पुरस्कार वितरण एवं चेस खेल प्रवर्द्धनमा योगदान पुर्‍याएका दुई जना अग्रज पत्रकारबन्धुलाई सम्मान गरिने कार्यक्रम रहेको समेत अवगत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?