काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टिकरण सोधेको छ । उर्जा मन्त्रालयले घिसिङलाई मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता किन भङ्ग नगर्ने ? भनी स्पष्टिकरण सोधेको जनाईएको छ ।
कार्यसम्पादन चित्त नबुझेको भन्दै उहाँलाई स्पष्टिकरण सोधिएको जनाइएको छ । यसअघि पनि घिसिङलाई उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।