वैकल्पिक शक्ति निर्माणमा जुटेको रावलकाे खुलासा

विराटनगर । आईतबार भीम रावलले विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफूहरु वैकल्पिक शक्ति निर्माणमा जुटेको खुलासा गरेका छन् ।

डा रावलले अब, कम्युनिष्ट पार्टी नभई सबैलाई समेट्ने पार्टी गठन गर्ने तयारी रहेको बताए । दक्षिण पन्थी वामपन्थी भनेर कित्ताकाट गर्ने तर, आफ्नो स्वार्थमा जुन–जुन पार्टीसँग पनि मिल्ने र पदमा पुग्ने प्रवृत्ति उचित नभएको बताए । ‘केपी ओलीहरूले कांग्रेससँग, जनमतसँग मिलेर प्रधानमन्त्री हुन हुने मैले चाहिँ देशको हितमा देशभक्तहरूलाई समेट्न नहुने भन्ने हुँदैन ’ रावलले भने । उनले अहिलेका दलहरूको विकल्पका रुपमा वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेकाले अब, वामपन्थी, दक्षिणपन्थी भनेर घोषणा नगर्ने स्पष्ट पारे ।

रावलले अहिले देशमा रहेका कुनै पनि पार्टीमा आफू नलाग्ने बरु देशभक्तहरूको नयाँ पार्टी गठनमा जुटिसकेको बताए । डा रावलले नयाँ पार्टी कहिले घोषणा गर्ने भन्ने विषयमा कुनै टुंगो नभए पनि हाल मातृभूमि जागरण अभियानमा जोडेर देशैभर संगठन निर्माणमा आफू जुटेको स्पष्ट पारे । उनले भने,‘हाललाई सम्पूर्ण देशभक्तहरूलाई मातृभूमि जागरण अभियानमा समेटेर देशैभर संगठन निर्माण गर्दै लैजाने र उपयुक्त समयमा पार्टीमा रुपान्तरण गर्ने गरी अघि बढेको छु ।’

उनले काम महत्त्वपूर्ण भएकाले कामलाई विचारले निर्देशन दिने छुट्टै वैचारिक धरातल पनि निर्माण गर्ने दाबी गरे । रावलले भने,‘कुनै पनि विचार, दर्शन, संगठन मात्रै भएर नहुने भएकाले देशको आवश्यकता अनुसारको विचार पनि निर्माण गर्नुपर्छ ।’ एमालेलाई आफूले गाली नगरेको पनि रावलले स्पष्ट पारे । उनले एमाले र प्रधानमन्त्री ओलीले गर्छु भनेको कुरा के–के गर्नुभयो भनेर सोध्नु गाली नभएको बताए । ‘रेल चलाउँछु, बाटो बनाउँछु, भनेको काम के गर्नुभयो ? भनेर सोध्नु गाली हैन’ रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?