राष्ट्रिय क्लब चेसको सेमिफाइनल समिकरण पूरा

सन्दिप घिमिरे

ललितपुर । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिता आज चौथो दिन ७ चरणको अन्तिम लिग खेल सम्पन्न भएका छन्। यस सँगै प्रतिस्पर्धा मार्फत ४ उत्कृष्ट टोली सेमिफाइनल समिकरण प्रवेश गरेका छन्। 
           

ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको अन्तिम खेल पश्चात् ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर सेमिफाइनल प्रवेशका लागि छनौट भए । 
               

जम्माजम्मि उच्च अंक जोड्ने ४ टिमले सेमिफाइनल समिकरणमा प्रवेश पाउने मध्ये महालक्ष्मी नगरपालिका खेल टिमले ९ अंक र दोलखा चेस होमले ८ अंक बोकेर प्रतिस्पर्धामा उत्रेका थिए। यस बाहेक ललितपुर स्पोर्ट्स क्लब, दोलखा जिल्ला संघ, कोशी प्रदेश संघ, काठमाडौं चेस क्लब र कास्की जिल्ला संघले समान ७ अंकमा रहदै सम्भावना जगाएका थिए।
            

स्वीस लिग तालिकाले ७ औं लिग चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोर्ट्स क्लब, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश विच प्रतिस्पर्धा चलेको थियो। 
        

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ७ औं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतियोगिताका विजेताले नगद २ लाख पुरस्कार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
       

यस्तै उपविजेता टोलीले नगद १ लाख २० हजार, मेडल, प्रमाणपत्र, तृतीय हुने टोलीले नगद ६० हजार र चौथो स्थानमा आउने टोलीले नगद ४० हजार प्राप्त गर्नेछन्। 
         

प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही नगद १० – १० हजार हात पारेका छन्। 
        

भोलि सेमिफाइनल खेल ललितपुर महानगर र ललितपुर स्पोर्ट्स क्लब विच तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच सेमिफाइनल भिडन्त हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?