१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

ललितपुरका चेस टिमहरु अग्रस्थानमा 

सन्दिप घिमिरे

ललितपुर । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको दोश्रो दिन दोश्रो चरणको खेल सम्पन्न भई तेश्रो चरणको खेल भइरहेको छ ।  
            

नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरमा उल्लेखित राष्ट्रिय टिम च्याम्पियनसिपमा दुई पटकका विजेता थापाथली चेस पार्क, ललितपुर महानगरपालिका टिम, आयोजक ललितपुर स्पोर्ट्स क्लब, दोलखा जिल्ला बुद्धिचाल संर र ललितपुरको महालक्ष्मी नगरपालिका ४ अंक सहित अग्रस्थानमा रहेका छन्।
            

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो चरणको खेलमा थापाथली चेस पार्कका चारै जना खेलाडीले जीत प्राप्त गरेका छन्। पहिलो वोर्डमा एफएम रिजेन्द्र राजभण्डारीले भक्तपुरका बिक्रम चोकामीलाई, सुशील चौधरीले विनय थापालाई, आशीषले राजेश कक्षपतिलाई र सिन्दिराले सयन कोजु माथि विजयी हासिल गर्दै टिमलाई महत्वपूर्ण अंक जोड्ने अभिभारा पूरा गरेका छन्। 
           

तुल्सीलाल प्रतिष्ठानको सहकार्यमा हुँदै गरेको स्पर्धामा ललितपुर महानगरपालिकाको टिमले कोशी प्रदेश बुद्धिचाल संघलाई हराउन सफल भएका छन्। जसमा एफएम रुपेश जैसवालले मुहान नरसिंह श्रेष्ठलाई, सिएम मिलन लामाले राजेन्द्र राईलाई, एफएम क्षितिज भण्डारीले शुशन आचार्य र अभिषेक शाहले कृतिरासा माथि जित दर्ता गरेका छन्। 
             

ललितपुर स्पोर्ट्स क्लबको सहआयोजनामा भएको अर्को प्रतिस्पर्धामा आयोजक क्लबले गोदावरी नगरपालिकालाई पराजित गरेका छन्। जसमा सिएम सजिन महर्जनले सानुधाई महर्जनलाई, राहुल चौप्रधानले सोम आलेलाई हाराए भने रिशोन थापाले जनार्दन श्रेष्ठ संग बराबरी खेल्दै २.५ अंकको विरुद्ध १.५ अंकले जित प्राप्त गरेका छन्। बिनिता कपाली भने हर्षवर्धन राठीसंग हार ब्यहोर्न पुगे।
          

यसैगरी गत विजेता दोलखा जिल्ला बुद्धिचाल संघले इन्जिनियरिङ कलेज माथि ३.५ – ०५ को अन्तरले विजय हासिल गरेका छन्। जसमा निकेन कुसाथा, सिएक कृष्ण थापा र सजल न्यौपानेले जितको स्वाद चाखे भने बद्रीलाल नेपाली र सुजन काफ्ले बिच भएको खेल बराबरीमा टुङ्गिएको थियो। 
       
ललितपुरको महालक्ष्मी नगरपालिका टिमले काठमाडौं चेस क्लबलाई कठिन खेलमा ३ -१ अंकको स्कोर बनाएर पराजित गरेका छन्। जसमा सुरोज महर्जन, कमल श्रेष्ठले जिते भने राजन पुरी र शान्ति धिमालले बराबर नतिजा निकालेका छन्। 
          

नेपाल कै सर्वाधिक पुरस्कार रहेको तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिप चलिरहेको तेश्रो चरणको खेलमा ललितपुर महानगर र दोलखा संघ, ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क, महालक्ष्मी नगर र दोलखा चेस होम, पुल्चोक इन्जिनियरिङ र काठमाडौं चेस क्लब, मध्यपुर ठिमी र कोशी प्रदेश, भक्तपुर जिल्ला र लहान चेस बिच प्रतिस्पर्धा चलिरहेको छ। 
           

नेपालका शीर्ष खेलाडीहरुको सहभागीता रहेको दोश्रो चरणको खेल ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले सेतो गोटी चालेर शुभारम्भ गरेका गरेको थियो भने तेश्रो चरणको खेल नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले शुरु गरेको थियो। आज कार्यक्रम स्थलमा नेपाल चेसलाई सहयोग गर्ने क्रममा १६ वडाले टेक्निकल जर्सि हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?