२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

चेस प्रतियोगितामा बिनिताले जितिन महिला उपाधि

भक्तपुर । नेशनल ‘बी’ चेस प्रतियोगितामा काठमाडौंकी बिनिता कपालि वोमन च्याम्पियन भएकी छिन्। 

कपालीले नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल ‘बी’ चेस प्रतियोगितामा महिला उपाधि जितेकी हुन् ।

यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन् । उनले अन्तिम ७ औं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत दर्ता गर्दै ६.५ अंक जोडेर विजयी बनेकी हुन् । 
                 

यस्तै चितवनकी लक्ष्मी कँडेल ५.५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भइन्। उनले पनि राष्ट्रिय खेलमा स्थान सुरक्षित बन्न काठमाडौकि एञ्जेल महर्जन सँग बराबरी खेलेकी छिन्। 
              

समान ४-४ अंक जोडेर संयुक्त तेस्रो स्थान ओगट्दै छनौट हुने क्रममा नेपालगञ्जकी ईशा गिरि, धनुषाकी शान्ति धिमाल, काठमाडौकि दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाडौकि एञ्जल महर्जन रहेकी छिन्। 
    

काठमाडौकि रिया श्रेष्ठ ३.५ अंक जोडेर ९ औं  स्थान प्राप्त गर्न सफल भइन्। रिया सँगै यी ९ खेलाडीले गत राष्ट्रिय प्रतियोगिताका शीर्ष ३ खेलाडी काठमाडौकि सिन्दिरा जोशी, झापाकी कृतिसारा अधिकारी र मकवानपुरकि पूजा भण्डारी संग प्रतिस्पर्धामा उत्रने पक्का भएको छ। 
        

यसैगरी भक्तपुरको बाचमारी स्थित होटल सिटि गाउँ सभाहलमा सम्पन्न ८ औं चरणको खेल पश्चात् पुरुष तर्फ काठमाडौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष् फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल समान ६ – ६ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्। 
     

काठमाडौका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सिएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा समान ५.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा छन्। 
          

काठमाडौका सुरज सिंह,धनुषाका सुशील चौधरी, काठमाडौका विनय थापा,सिएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५ – ५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन्। 
      

भक्तपुर सूर्य विनायक नगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा ४० जना राष्ट्रिय खेलाडीहरुले छनौटका लागि प्रतिस्पर्धा गरिरहेका छन्।  
       

पुरुष तर्फ जम्मा ९ जना खेलाडी छनौट भइ गत राष्ट्रिय च्याम्पियन शीर्ष तिन खेलाडी झापाका राजन सुवेदी, शुश्रुत दहाल र मकवानपुरका क्षितिज भण्डारी सँग २५ औं नेपाल च्याम्पियन प्रतिस्पर्धामा स्पर्धा गर्नेछन्। 

      
सूर्य विनायक नगर प्रमुख बासुदेव थापाले च्याम्पियन ट्रफि प्रदान गर्ने तय भएको समापन कार्यक्रम पूर्व अन्तिम चरणको खेल भोलि बिहान ८ बजे शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?