सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

कञ्चनपुर, १८ मंसिर : सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपप्राध्यापक भट्ट बिरुद्धमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो ।

१५ मसिरमा उपप्राध्यापक भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरि कुटपिट गरेपछि माईती पक्ष र स्वयम श्रीमतीले प्रहरीमा दिएको जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले घाईते जयन्तीका माईती पक्षले दिएको जाहेरी दर्ता भएको बताए ।
‘जाहेरीपनि दर्ता भयो, आरोपित पनि प्रहरी नियन्त्रणमा छन, ‘एसपी जोशीले भने, ‘घटनाको अनुसन्धान अघि बढिरहेको छ ।’ अदालतबाट ७ दिनेको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी जोशीले बताए ।

घाईते जयन्तीका दाजु जिवन कुमार भट्टले ज्वाई पृथ्वीराज भट्ट बिरुद्ध बहिनीलाई मार्ने खोजेको भन्दै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । त्यसपछि सेती प्रादेशिक अस्पतालमा उपचारार्थ जयन्तीको समेत जाहेरीमा सहमती लिएको छ । माईती पक्षले पटक पटक मदिरा सेवन गरेर जयन्तीमाथि कुटपिट गरेको दुई पटक प्रहरी र एक पटक घरमै मिलापत्र गरेपनि कुटपिट गर्न नछाडेको भन्दै भट्ट बिरुद्ध यस पटक ज्यान उद्योगमै मुद्दा दिएका छन ।
सोमबारदेखि प्रहरी नियन्त्रणमा रहेका उपप्राध्यापक भट्टमाथि विद्यालय, शिक्षक संघ संगठन, महिला अधिकारकर्मीले कानुनी कार्बाहीको माग अघि सारेका छन । कक्षा कोठामा पढाउने शिक्षक श्रीमती कुटेर प्रहरी हिरासतमा भएपछि सुपविका विद्यार्थी समेत पढाईबाट बञ्चित भएका छन । यसैविच मंगलबारै कञ्चनपुरका अधिकारकर्मीले समेत प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा प्रहरी प्रवक्ता उमेशराज जोशीलाई ज्ञापन पत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?