२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

७५ बर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्नेछ : प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले
७५ बर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने बताएका छन् ।

सोमबार जनपत्रकार संगठन नेपालका उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफलमा प्रवक्ता प्रकाण्डले दलाल पुँजीवाद र साम्राज्यवादसँग लड्नका लागि एकीकृत जनक्रान्तिको वैचारिक हतियार मजबुद भएको जिकिर गर्दै ७५ बर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने ठोकुवा गरेका हुन् ।

उनले भने,साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले पनि चौतर्फी रुपमा एकीकृत जनक्रान्तिको मोर्चा खोलेका छौँ । यो मोर्चा नै नेपालमा हुन नसकेको क्रान्ति पुरा गर्न सक्षम रहेकोछ ।

देशभित्र दलाल पुँजीवादविरुद्ध लड्न र देशबाहिर साम्राज्यवादसँग लड्ने मोर्चाका रुपमा समाजवादी मोर्चा बनेको बताउँदै त्यो मोर्चामा एमाले आउनै पर्ने बताए ।‘अहिले साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको छ । त्यो कुरा एमालेले बुझ्नु पर्छ । एमाले जस्तो एउटा विरासत बोकेको पार्टीलाई सामान्य व्यक्तिले समेत थ्रेट दिने विषय सामान्य होइन् ।’काठमाडौँमा मेयर बालेन शाहप्रति लक्षित गर्दै उनले भने, ‘त्यसमा दलाल पुँजीवाद र साम्राज्यवादको भूमिका छ भन्ने कुरा एमालेले समयमै बुझ्नु पर्छ ।’

नेपालका संसदवादी दलहरुबाट आफ्नो अभिष्ट पुरा हुन नसकेपछि साम्राज्यवाद व्यक्तिमा गएको जिकिर गर्दै रवि लामिछाने र बालेन शाहहरु लगायतका व्यक्तिहरु त्यसको उदाहारण भएको बताए । आफ्नो पार्टी दलाल पुँजीवाद र साम्राज्यवादसँग लडेर यहाँसम्म आएको बताउँदै उनले मोर्चामा नआए एमाले झन् कमजोर हुने जिकिर गरे ।

नेपालका कम्युनिस्टहरु आफ्ना घोषित बिचार, राजनीति र संघर्षमा इमान्दार नभएकाले यति लामो समयसम्म पनि समाजवादी क्रान्ति सम्पन्न नभएको ठोकुवा गर्दैै यसमा वैचारिक कारण पनि रहेको बताए । ‘रुसमा, चीनमा विश्वका अरु देशमा छोटो समयमा क्रान्ति सम्पन्न भएको इतिहास छ । नेपालमा ७५ बर्षसम्म पनि किन क्रान्ति हुन सकेन ? यो विषयमा नेकपाले ठूलो वहस गरेर निश्कर्ष निकालेको छ ।’, उनले भने, ‘पुरानो तरिकाले क्रान्ति सम्भव छैन भन्ने निश्कर्षसहित हामीले नयाँ विचार दिएका छौँ “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?