ललितपुर । ललितपुर,प्रथम वडा अध्यक्ष उपत्यका व्यापी अन्तर विद्यालयस्तरीय दुई दिने छात्र र छात्रा र्यापिड चेस प्रतियोगिता महालक्ष्मी वडा नं ८ ले सम्पन्न गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित लुभू माध्यामिक विद्यालयमा भएको प्रथम अन्तर विद्यालय चेस प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका १ सय २ जना विद्यार्थीले भाग लिएका थिए ।
खुल्ला तर्फ मनकामनाका प्रतीक सुवेदीले ९ मा ९ अंक जोडेर प्रथम भए भने बज्र एकेडेमीका विभव जोशीले ७.५ र वृहस्पती स्कूलका प्रेम विक्रम अधिकारीले ७ अंक जोडेर क्रमश दोश्रो र तेश्रो भए। त्यसैगरी महिलातर्फ हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ,मनकामना सेकेण्डरी स्कूलका सस्कृति गजुरेल र वालकुञ्ज स्कूलका ईन्सु ओली क्रमश प्रथम,द्धितिय र तृतिय भए । स्थानीयतर्फ फ्युचर स्टारका शुभ श्रेष्ठ प्रथम,लुभू माध्यामिक विद्यालयका सुमन राई दोश्रो र वालकुञ्ज स्कूलका प्रशन्न वि.क. तेश्रो भए / यु१४ तर्फ पुष्प वाटिकाका श्रेष्ठ प्रथम भए भने काठमाण्डौ प्रज्ञाकुञ्जका कसिभ कार्की दोश्रो,यु१२ तर्क पाठशाला स्थलका ओस्कर पन्थी प्रथम र दोश्रो निसर्ग स्कूलका सातवीक मान तुलाधर र यु१० तर्फ काठमाण्डौ गुरुकुलका सुनभ ओझा र माछापुच्छ्रे स्कूलका साहस श्रेष्ठ क्रमश प्रथम र द्वितिय भए ।
विजेता खेलाडी विद्यार्थीहरूलाई महालक्ष्मी नगरपालिका का मेयर हरि गोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन,शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेल,वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, वडा सदस्य ज्यूहरु तथा विद्यालय व्यवस्थापन अध्यक्ष राम गोपाल सिंहले नगद,पदक,चेस सेट तथा प्रमाणपत्र वितरण गरिनुको साथै प्रथम,द्धितिय र तृतिय विद्यालयहरुलाई ट्रफि पनि प्रदान गरिएको थियो ।