१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

सहकारी ठगि प्रकरणमा रवि र जोशीविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध सहकारी ठगी प्रकरणमा काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने र जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

आइतबार न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?