काठमाडौं, कार्तिक १६ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्की सम्मानित भएकी छिन् । उनलाई एसएस फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगद रु एक लाख रुपैया सहित सम्मान गरेको हो ।
सम्मानपछि कार्कीले आगामी दिनमा आफ्नो खेललाई सुधार गर्नका लागि सम्मानले थप हौसला प्राप्त भएको बताउनुभयो । उहाले दुई बर्षपछि हुने साफ महिला च्याम्पियनसिपको ट्रफी नेपालले जित्ने गरि तयारी गर्ने उल्लेख गर्नुभयो ।
कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गर्नुभएको थियो । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफको उपाधि जित्न भने असफल भएको थियो ।



