१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गर्नेलाई तीन वर्ष कैद

काठमाडौँ – पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने भएको छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था रहेकोनेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनी व्यवस्था अनुसार काराही हुने उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको जानकारी दिनुभएको छ ।

पटाका जस्ता पदार्थबाट धनजनको क्षति हुन सक्ने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा कडाई गरिएको हो ।

गत मंगलबार मात्रै दीपावलीको पटाका पड्काउँदा दैलेखको आठबिस नगरपालिका–३ साई गाउँका १३ वर्षीय बालक भूपेन्द्र कठायतको ज्यान गएको छ । पटका प्रयोगका कारण बालबालिका घाइते हुने, वृद्धवृद्धाको मुटु हल्लिने, कानमा असर पर्ने लगायतका घटना बढी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?