३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

रवि लामिछानेको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाइयो

काठमाडौं । सूर्यदर्शन सहकारीको अनियमितताको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल हाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, लामिछानेको मोबाइल हालै प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा परीक्षणका लागि पठाइएको हो।

उक्त जाँचमार्फत डिलिट गरिएका डाटाहरू समेत पुनः प्राप्त हुनेछन्। एक प्रहरी अधिकारीका अनुसार, “यसबाट हटाइएका इमेल र अन्य विवरण पनि फेला पार्न सकिन्छ। यसले अनुसन्धानमा नयाँ प्रमाण प्रदान गर्न सक्छ, त्यसैले हामीले नियमित प्रक्रिया अनुसार डीएफएलमा पठाएका हौं।”

प्रहरीले फोन परिक्षण गरिरहेको बताएपनी फोनमा सहकारी ठगी सम्बन्धि प्रमाण के-कस्तो छ भन्ने कुराको तथ्य-प्रमाण फेला परेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?