२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

फाइनल यात्राका लागि आज भारतसँग प्रतिश्पर्धा गर्दै नेपाल

काठमाडौँ- काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो खेल आज साँझ ६:३० बजे शुरु हुने एन्फाले जनाएको छ ।

भारतले हालसम्म पाँचपटक साफ च्याम्पियनशिपको उपाधि जितेको छ भने नेपाल पाँचैपटक फाइनलमा पुगेर पराजित भएको छ ।

यसैगरी, आजै दिउँसो भएको खेलमा भुटानलाई ७-१ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ ।

दक्षिण एशियाका अफगानिस्तानबाहेक ७ मुलुक सहभागी प्रतियोगिताको समूह एमा बंग्लादेश, भारत र पाकिस्तान रहेका थिए भने समुह बीमा नेपालका साथै भुटान, श्रीलंका र माल्दिभ्स रहेका थिए ।

समुह चरणमा समुह एबाट बंग्लादेश ४ र भारत ३ अंक सहित र समुह बीबाट नेपाल र भुटान ४-४ अंक सहित सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघी सन् २०२२ मा काठमाडौमा भएको प्रतियोगिताको फाइनल खेलमा बंग्लादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?