२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

त्रिविले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने भएको हो । अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी त्रिविले तयारी गरेको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गत बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प प्रश्नोत्तर तयार पार्ने निर्णय गरेको थियो । उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो ।

उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ । त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ । मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।

त्रिविले अङ्ग्रेजी भाषामा मात्रै प्रश्न पत्र निर्माण गर्दै आएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहमा दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने निर्णय गरेका थिए । उक्त निर्णय तत्काल कार्यान्वयन गर्न सम्भव नदेखिएपछि त्रिविले आगामी वर्षदेखि लागू गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?