सुत्केरी बिदामा गएकी कर्मचारी गर्भवती भएर कार्यालय फर्किएपछि…

लन्डन । बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा जितेकी छिन् ।

ती कर्मचारीलाई २८ हजार पाउन्ड क्षतिपूर्ति तिर्न न्यायाधिकरणले कम्पनीलाई आदेश दिएको छ । खबरका अनुसार पोन्टीप्रिडस्थित फर्स्ट ग्रेड प्रोजेक्ट्समा एडमिन असिस्टेन्टको रूपमा काम गरेकी ती महिलाले कम्पनीविरुद्ध भेदभावपूर्ण बर्खास्त गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

ती महिलाको नाम निकिता ट्विचेन बताइएको छ । सन् २०२२ को सुरुमा सुत्केरी बिदाबाट फर्किएको केही समयपछि महिलाले कम्पनीको प्रबन्ध निर्देशक जेरेमी मोर्गनलाई आफू गर्भवती भएको बताएकी थिइन् । निकिताका अनुसार उनले यसो भनेपछि मालिक अक्क न बक्क भएका थिए ।

कम्पनी व्यवस्थापनद्वारा ‘अनावश्यक कर्मचारी’ घोषित

कर्मचारीका अनुसार सुरुमा प्रबन्ध निर्देशकले काममा फर्किदा सकारात्मक प्रतिक्रिया जनाएका थिए । यद्यपि, गर्भवती भएको खुलासा भएपछि उनी प्रति मालिकको दृष्टिकोण फेरियो । सन् २०२२ को मार्चमा सुत्केरी बिदा सकिएपछि कम्पनीले आफूलाई सम्पर्क गर्न कुनै प्रयास नगरेको निकिताको भनाइ छ ।

त्यसपछि उनले कम्पनीका प्रबन्ध निर्देशकलाई अप्रिल ४ मा आफ्नो बिदाबारे इमेल गरिन् । यसको पनि जवाफ आएन । निकिताले ११ र १८ अप्रिलमा बिदाको लागि निवेदन लेख्दै इमेल गरेकी थिइन् । पछि जेरेमी मोर्गनले जवाफी इमेलमा कम्पनीको आर्थिक समस्या र भुक्तानीमा ढिलाइका कारण उनीहरूलाई अनावश्यक कामदारको श्रेणीमा राखेको बताए । पछि नयाँ सफ्टवेयर ल्याउन लागेकोले कम्पनीमा उनको कामै नभएको जानकारी दिइयो ।

यद्यपि, रोजगार न्यायाधिकरणले निकिता ट्विचेनको पक्षमा फैसला गरेको छ । उनलाई नचाहिने घोषणा गर्नु पछाडि कम्पनीले दिएका कारणहरू स्वीकार गर्न न्यायाधिकरणले अस्वीकार गरेको छ । जेरेमी मोर्गनले सन् २०२२ को फेब्रुअरी मै आफ्नो कम्पनीले राम्रो चलिरहेको र कुनै आर्थिक समस्या नभएको बताएको पनि अदालतले फेला पार्‍यो । त्यतिबेला उनले निकिताको भूमिका विस्थापित गर्ने खालको नयाँ सफ्टवेयरको उल्लेख गरेका थिएनन् ।

मुद्दामा कुनै पनि वित्तीय समस्या वा नयाँ सफ्टवेयरसम्बन्धी प्रमाण पेस गर्न फर्स्ट ग्रेड कम्पनी असफलता रह्यो । न्यायाधीशले यसको पनि आलोचना गरेका छन् । कम्पनीले निकितालाई हटाउनुको कारणबारे कुनै लिखित कागजातसमेत उपलब्ध नगराएको ठहर अदालतले गरेको छ । गर्भवती भएकै कारण निकितालाई कम्पनीबाट निकालिएको न्यायाधिकरणले ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?