सोमपाल चम्किँदा नेपाललाई एक खेलअगावै सिरिज

काठमाडौं। सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज एक खेलअगावै जितेको छ।आइतबार बिहान भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो। योसँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ।

शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको थियो। नेपालले तेस्र तथा अन्तिम खेल मंगबलार खेल्नेछ। दोस्रो खेलमा भने नेपाललाई जित निकाल्न सुपर ओभरसम्म पर्खिन पर्‍यो।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले कुशल भुर्तेलको अविजित ९२ रनको मद्दतमा अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो। तर, अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएयो। त्यसपछि खेल सुपर ओभरमा पुगेको हो। अमेरिकालाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। सोमपाल कामीले आन्द्रेस गसलाई पहिलो बलमा एक रन दिए।

दोस्रो बलमा जसदीप सिंहले दुई रन लिए। तेस्रो बलमा उनले पुन: एक रन लिए। चौथो बलमा ४३ बलमा तीन चौका र चार छक्कासहित ६२ रन बनाएर खेलिरहेका गस बाउन्ड्री लाइननजिक कुशल भुर्तेलबाट क्याच आउट भए।

त्यसपछि अमेरिकालाई जितका लागि दुई बलमा तीन रन चाहिएको थियो। सोमपालले अली खानलाई पाँचौं बलमा एक रन दिए। २०औं ओभरको अन्तिम बलमा जसदीपले एक रन लिँदै खेल सुपर ओभरमा धकेले। उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।

सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए। तर, तेस्रो बलमा सयन बोल्ड हुन पुगे। चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए।

त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। सुपर ओभरमा कुशलले एक रन बनाए। रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएपछि नेपालले लगातार दोस्रो जितसहित शृंखला एक खेलअगावै जितेको हो। – khelpati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?