इन्स्पेक्टर बिनुकुमारी शाही निलम्बित

काठमाडौं – ‘हनि ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा छानबिनमा रहेकी इन्स्पेक्टर बिनुकुमारी शाही निलम्बित भएकी छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा आज (शुक्रबार) गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख रहँदा उनले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेकी थिइन् । बलात्कार मुद्दामा फसाई दिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस गरिएको थियो ।

घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखी अनुसन्धान गरिरहेको छ । प्रहरीको भूमिकाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ । छानबिन प्रतिवेदनका आधारमा इन्स्पेक्टरलाई प्रतिवादी बनाउने–नबनाउने तय हुने ललितपुर परिसरले जनाएको छ ।

३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । बिनुकुमारीलाई कार्यस्थलमा रहँदा यसअघि पनि विवादमा पर्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?