स्याङ्जा । हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
प्रहरीका अनुसार ५८ वर्षीय प्रेमबहादुर कामीलाई स्थानीय ३२ वर्षीय सुरेश थापाले घन प्रहार गरी हत्या गरेको बताइएको छ ।
गएराति १० बजेको समयमा थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकार दिनुभयो ।
घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घटना के कसरी भयो सो सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।