गोरखा । शुक्रबार धार्चे गाउँपालिका–७ लापु बेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।
गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने खुलेको छैन।
उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापु बाट छुटेको उनले बताए । उनका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको छ र बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन ।