१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा बस पुरियो

काठमाडौं । मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार विस्तृत जानकारी आइनसके पनि त्यहाँ बस पुरिएको खबर भने प्राप्त भएको छ । बसमा सवार कति थिए र उनिहरुको अवस्थाबारेमा भने पूरा जानकारी आइसकेको छैन ।

बिहिबारदेखिको लगातारको वर्षा भोलि आइतबारसम्मै हुने भएको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ । झरीका कारण देशभरको जवजीवन अस्तव्यस्त बनेको छ ।

केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?