जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रन्थ प्रकाशन गर्ने

काठमाडौ । जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले हालै निधन भएका संगठनका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको नाममा स्मृति ग्रन्थ प्रकाशित गर्ने निर्णय गरेको छ।बिहिवार काठमाडौमा सम्पन्न संगठनको पदाधिकारी बैठकले पाण्डेको स्मृतिमा ग्रन्थ तयार पार्ने र १ लाखको अक्षय कोष खडा गर्ने निर्णय गरेको हो।

संगठनले स्मृति ग्रन्थको सामग्री संकलन र व्यवस्थापनका लागि सचिव वसन्त, कोषाध्यक्ष दिपेश र सबै प्रदेश संयोजकहरु रहेको तयारी समिति बनाउने र अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट जनपक्षीय पत्रकारितामा योगदान गर्ने १ जनालाई बार्षिक पुरस्कार दिने निर्णय गरेको छ।

साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको तयारी गर्ने र संगठनका उत्पादन, प्रकाशन लगायतका कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ।बैठकमा सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्ट आमन्त्रित सदस्यको रूपमा सहभागी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?