अरुण नदीमा ट्रयाक्टर खस्दा दुईजनाको मृत्यु

काठमाडौं । अरुण नदीमा ट्रयाक्टर खस्दा दुईजनाको मृत्यु भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारको भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा ट्रयाक्टर खसेर दुर्घटनामा परेको हो।

खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका छन्। ट्रयाक्टर नदीले बगाएकोले नम्बर खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?