सुदूरपश्चिम समाजको १६ औं बार्षिक साधारणसभा सम्पन्न

विकास महता

धनगढी / असोज १ : सुदूरपश्चिम समाज धनगढीको १६ औं वार्षिक साधारण सभा र समाजिक लेखा परिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

सामाजिक क्षेत्रमा निरन्तर सामाजिक सेवामा कार्य गर्दै आएको सुदूरपश्चिम प्रदेशमा अग्रसरत गैरसरकारी संस्था सुदूर पश्चिम समाजले विगत वि.स. २०६४ साल देखि नै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको मानव अधिकारको क्षेत्रमा र एचआईभी रोकथाम उपचार तथा हेरचाह कार्यक्रम संचालन गर्दै आइरहेको संस्था हो। मंगलबार असोज १ गते विविध कार्यक्रमका साथ होटल आस्था धनगढी हसनपुरको सभा हलमा आफ्नो साधारणसभा बनाएको छ।

संस्थामा संचालित परियोजनाको बारेमा संयोजक राजु लामाले प्रस्तुतीकरण दिनुभएको थियो। सुदूर पश्चिम समाजको १६औं वार्षिक साधारण सभा र समाजिक लेखा परिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सुदूरपश्चिम समाजका लेखा अधिकृत लालमणी भट्टले आय व्यय प्रस्तुतीकरण गर्ने भएको थियो। उक्त प्रतिवेदन साधारणसभा बाट पास गरेको थियो।

होटल आस्था, हसनपुर, धनगढीमा आयोजना भएको कार्यक्रमको सभापतित्वमा सुदूरपश्चिम समाजकि अध्यक्ष करुणा नेपाल प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय निर्देशक डा. खगेन्द्र बम , विशिष्ट अतिथी जिल्ला प्रशासन कार्यालय कैलालीका शिवराज जोशी अतिथिमा स्वास्थ्य कार्यालय कैलाली जनस्वास्थ्य निरीक्षक तेज बिक्रम शाही, जिल्ला प्रहरी कार्यालय कैलाली महिला सेल प्रहरी निरीक्षक कल्पना पौडेल सरकारी कार्यालयका तथा विभिन्न गैसस महासंघका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, आयोजक संस्थाका कार्यसमिति पदाधिकारी एवम् कर्मचारी लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा वार्षिक कार्य मूल्याकंनका आधारमा उत्कृष्ट कर्मचारी लाई सम्मान साथ प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो। भने संस्कृति र मौलिकता झल्काउने नित्य लगायतको प्रस्तुती समेत देखाएका थिए। कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिले शुभकामनाका साथै आगामी दिनमा सहकार्य गर्ने समेत सबैले प्रतिबद्धता जाहेर गर्नु भएको छ। सरकारी निकायको तर्फबाट सुदूरपश्चिम सरकारले सधै यो समुदाय लाई विशेष प्राथमिकता मा राख्ने र संस्थाको उन्नति र प्रगतिको समेत शुभकामना दिनु भएको थियो। आगामी दिनमा पनि सामाजिक क्षेत्रमा अग्रसर रहन समेत सबै निकायले आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै सभापति सुदूरपश्चिम समाजकि अध्यक्ष करुणा नेपालले निमन्त्रणा लाई सहजै स्विकार्दै कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग पुगाउनु भएकोमा हार्दिक कृतज्ञता साथ धन्यवाद समेत दिनु भएको थियो। उनले भन्नु भयो, समाजमा पहिला भन्दा अहिले सहजता भएको छ, ‘पहिला कार्यालयको लागि समेत घर भाडामा नपाउने अवस्था लाई चिर्दै आज भोलि आफ्नो हक अधिकारको लागि सम्बन्धित निकाय सम्म पुग्न सहज भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?