२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन

काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल त्रिवि शिक्षण अस्पतालमा भर्ना गर्दा जापानी इंसेफेलाइटिस रोगबाट देखिएको थियो ।

पाण्डेको पार्थीव शरिरलाई अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन । उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन । रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेले नेपालको विभिन्न राजनीतिक परिवर्तनमा ठुलो याेगदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?