२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा मन्त्री हुनेहरु

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ९ बनाएपछि एमालेले आफ्नो भागमा परेको चार ओटै मन्त्रालयमा मन्त्रीको नाम टुंगो लगाएको हो ।

एमालेबाट मन्त्री हुनेमा कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसी छन् । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

गण्डकी प्रदेशमा लामो समयदेखि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुट सक्रिय छ । अहिले एमालेको भागमा परेको चार ओटै मन्त्रालयमा गुटगत छायाँ परेको छ ।

अहिले मन्त्री बनेका पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएका हुन् ।

गण्डकीमा एमालेको मन्त्रीहरुको नाम टुंगो लगायो, मन्त्री छनौटमा पनि गुटगत छायाँ एमालेका २२ जना प्रदेशस सभा सदस्य रहेका छन् ।

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?