भरतपुर। नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन भरतपुर महानगर समितिले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित चौकी डाँडामा रहेको राष्ट्रिय मावि चौकीका विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा,झोला,कपिकलम,इरेजर पेन्सिल लगायतका सामग्रीहरू वितरण गरिएको हो ।
उक्त सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि उत्सब सीले “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए उनले शिक्षक,अभिभावक ,विद्यार्थी समाज सबै एकजुट भयमा मात्र शिक्षा राम्रो हुनसक्ने बिषय राखेका थिए ।”
त्यस्तै अर्को वक्ता अटल सीले विद्यार्थीहरुको अहिलेको समय भनेको दृष्टिकोण निर्माण गर्नु पर्नेमा जोड दिँदै बिज्ञान,प्रकृतिमा आधारित भौतिकवादी चेतना निर्माण गर्न राष्ट्रिय, अन्तरास्ट्रिय परिस्थितिबारे सकारात्मक,नकारात्मक बिषयहरुलाइ हेरेर सहि विश्लेषण गर्नुपर्ने बताए ।
उनले भने ” विद्यार्थी हरुलाइ भन्दै शिक्षाको पहुँच मिल्न कठिन भएको हामीलाई थाहा छ। तर शिक्षा नै सफलता र उन्नतिको मार्गमा अग्रसर गराउने साधन हो त्यसैले जुनसुकै चुनौती सामना गर्नुपरे पनि, आफ्नो सपना कहिल्यै छोड्नू हुँदैन। हामी तपाईहरुको साथमा छौं, र हाम्रा यी प्रयासहरू तपाईंहरूको सफलताको सहयात्री बन्नेछन् र निरन्तर रहने प्रतिबद्धता गर्दछौं ।
कार्यक्रमका सभापति गौरव सीले आफुहरु सेवाकार्यमा निरन्तर जोडिने बताउँदै सो कार्यक्रमबाट १२० जना विद्यार्थीहरु लाभान्वित भएको बताईएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी अथिति,नेकपा बाग्मती प्रदेश सदस्य भरत सी,युवा संगठन नेपालका केन्द्रीय सदस्य द्वय सुमित सी ,पारस सी, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका सचिवालय सदस्य भीम सी ,अखिल (समाजवादी)का केन्द्रीय सचिवालय सदस्य सुदिप सी ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मनराज गुरुङ ,प्राध्यानाध्यापक नवराज रिसाल ,मजदुर नेता कृष्ण सी ,कर्मबोध सी ,नेकपा भ.म.न.पा २९ का इन्चार्ज प्रकाश लगायत को थियो ।
कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका भरतपुर महानगरपालिका सचिव राजन सीले गरेका थिए भने अध्यक्षता अध्यक्ष गौरव सी को रहेको थियो ।