२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

थामेमा बाढी आउनुको कारण लाग्यो पत्ता

काठमाडाैँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।

हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको बताए ।तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए ।

प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरूले बताएका थिए । थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?