२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

ज्वानोको सहायताले कसरी मोटोपनबाट मुक्ति पाउन सकिन्छ ?

काठमाडौंजानौँ ज्वानोको सहायताले कसरी मोटोपनबाट मुक्ति पाउन सकिन्छ ।

ज्वानो मोटोपन कम गर्न एकदमै रामवाण साबित हुन्छ । साँझ सुत्ने बेला एक चम्चा ज्वानोलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेपछि यसलाई छानेर एक चम्चा महसँग मिलाएर पिउनुहोस् ।

यसको नियमित सेवनले छिटै मोटोपन कम हुन थाल्नेछ । तर ज्वानोले मात्र सबै कुरा हुँदैन । यसका साथसाथै नियमित कसरत तथा सन्तुलित भोजन पनि जरुरी छ ।

साथै शरीरलाई हाइड्रेट राख्न अलि धेरै पानी पिउने गर्नुहोस् । यदि पाचन सम्बन्धी समस्या छ भने पनि ज्वानोले ठिक गर्छ । यसमा एकप्रकारको एन्टी एसिड हुन्छ जसले अपचको समस्याबाट छुटकारा दिन्छ । ज्वानोलाई मोहीसँग पिउँदा अपचको समस्या समाधान हुन्छ ।

एसिडिटीको समस्या हुँदा ज्वानोलाई चपाएर खानुहोस् र त्यसपछि एक कप तातो पानी पिउनुहोस् यसले समस्या ठिक हुन्छ । पेटमा चुर्ना किरा परेको छ भने नुनसँग ज्वानो खानुहोस्, यसले तपाईँलाई फाइदा हुनेछ । पाचनसम्बन्धी कुनै पनि खालको समस्या हुँदा दहीसँग ज्वानो खाँदा आराम पुग्छ ।

ग्यासको समस्याको लागि १–२ ग्राम ज्वानोमा गुड मिसाएर यसको गोली बनाएर खानुहोस् यसले तुरुन्तै राहत दिन्छ । पेटमा ग्यास हुँदा बेसार, ज्वानो र एक चुट्की वीरे नुन मिसाएर खानुहोस् यसले एकदमै छिटो काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?