२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

भरतपुर अस्पतालकाे लापर्बाहीका कारण ३९ वर्षीया सम्झनाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघर उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ। चितवनको गैँडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्ने क्रममा हस्पिटलको लापरबाहीका कारण मृत्यु भएको मृतकका परिवारले बताएका हुन् ।

मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानएको छ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण र उपचारमा गम्भीर लापरबाही गरेको जिकिर गरेका छन् भने मंगलबार बायोप्सी गर्ने (मासुको टुक्रा निकाल्ने) क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधि दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनको भनाई रहेको छ ।

‘पाइनल एनेस्थेसिया लगाएपछि ढकालको अवस्था गम्भीर भएको भन्ने छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले भने, ‘अवस्था गम्भीर भएपछि थप उपचारका लागि आईसीयूमा सारिएको रहेछ। त्यस पछि मृत्युको खबर बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले भने ती महिला पहिल्यैदेखि मुटुरोगी रहेकाले उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?