२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिँदै

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरी राजपत्रमा प्रकाशित गर्न लागेको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री ठकुरीले कृषि हानीकारक वन्यजन्तुमा बँदेलको नाम थपिएको जानकारी दिए ।

सरकारले गत वर्ष समितिको निर्देशनअनुरुप एक वर्षका लागि बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले फेरि एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए ।

उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी गरेकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए ।

‘पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक आरोप आइरहेका छन् । अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितो काम गर्ने प्रयास गरिरहेको छ‚’ उनले भने, ‘त्यहीअनुसारको योजना अघि बढेको छ। समितिको निर्देशन पूर्ण पालना गर्दै बँदेललाई कृषि हानिकारक भनिएको थियो त्यसको म्याद थप्दै रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तुको रुपमा राखिएको जानकारी गराउँछु ।’

मन्त्री ठकुरीले पूर्वाधार निर्माण वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए ।

उनले मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको बताए । उनले सरकारले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको बताए ।

उनले आगामी कोपमा नेपालको प्रभावकारी उपस्थिति जनाएर जलवायु परिवर्तनको प्रभावको असरबाट पाउनुपर्ने क्षतिपूर्तिका लागि आवश्यक डकुमेण्ट बनाउने काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?