२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

साउदी सुपर कपको उपाधि अल हिलाललाई, राेनाल्डाेको टिम पराजित

काठमाडौं । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो।

पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरेका थिए। त्यस्तै अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ। त्यस्तै अल नासरले भने यो उपाधि २ पटक जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?