बर्दिवास : नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादव ,लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय सदस्य नवल मण्डल सहित १ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कार्यलयद्वारा बर्दिवासमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुविच ध्रुवीकरण हुनपर्ने बताएका छन् ।
उनले आफुहरु एकता बिरोधि नभएको तर एकता सत्ता ,शक्तिको लागि नभई समाजवादको लागि हुनपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादवले माओवादी केन्द्र परिवारवादमा फसेको र अब त्यो पार्टीबाट क्रान्ती नहुने बताए ।
शान्तिप्रक्रियामा आउने बित्तिकै बिप्लव कम्रेडले प्रचण्ड बिग्रेको भन्दा आफुलाइ नराम्रो लागेको तर आफुले त्यो पछि बुझेको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले उनीहरुलाई माला लगायर सम्मान गर्दै पार्टीमा समाहित गरेका हुन् ।कार्यक्रममा उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पिविएम कमरेड देवनारायण सी ,सिसीएम कमरेड पवन सी ,सर्लाही जिल्ला सेक्रेटरी कमरेड जनक सी ,अखिल (समाजवादी) का केन्द्रिय सचीव अटल सी लगायतको सहभागिता रहेको थियो ।