सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्रधानमन्त्री ओली बिरुद्ध कालो ब्यानर

कञ्चनपुर, साउन २२ : त्रिभुबन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धमा सात विद्यार्थी संगठन आन्दोलित भएका छन । त्रिवि कुलपति समेत रहेका प्रधानमन्त्री ओली बिरुद्धमा सात विद्यार्थी संगठन आन्दोलित भएका हुन ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कञ्चनपुर संयोजक भुवन सिह विष्टले प्रधानमन्त्री ओलीले त्रिविका उपकुपति प्राडा केशरजंग बरालले सिनेटमा नीति, कार्यक्रम पेश गर्दा ल्याउन नदिएपछि विद्यार्थी संगठनहरुले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।
क्रान्तिकारी नेता विष्टले अखिल क्रान्तिकारी सहित अनेरास्ववियु, अखिल समाजवादी, अखिल छैटौँ, समाजवादी विद्यार्थी यूनियन, नेपाल समाजवादी विद्यार्थी यूनियन, नेपाल विद्यार्थी युनियनले कञ्चनपुर महेन्द्रनगर सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्रधानमन्त्री ओली बिरुद्ध कालो ब्यानर टाँस्नुका साथै देशैभरी आन्दोलन गरिएको बताए ।

क्रान्तिकारी नेता विष्टका अनुसार प्रधानमन्त्री ओलीले त्रिविको नीति, कार्यक्रम रोकेर विश्वविद्यालयको उन्नती प्रगतिमा गरेको कु बिरुद्धमा ब्यानर टाँसेर चेतावनी स्वरुप आन्दोलन गरिएको छ । ‘हामी समग्र विद्यार्थीको आन्दोलनलाई सरकारले नजर अन्दाज गरे त्यसको प्रतिफल नराम्रो हुन्छ, ‘उनले भने, ‘हामी अहिले खबरदारी गरेर नै सरकारले त्रिवि सहितका समग्र विश्वविद्यालयको हित विपरितका कदमबाट ब्याक हुन अनुरोध गछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?