काठमाडौं । नेकपा एमालेले प्रचार र जनसंगठनको संयन्त्रलाई प्रदेश तहबाट खारेज गरेको छ । बिहीवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टी स्कूल बिभागलाई प्रदेश तहसम्म यथावत राखेर यसअघि कायम गरिएको प्रचार र जनसंगठन समन्वय संयन्त्रलाई भने खारेज गरेको हो ।
गत बष २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले प्रदेश तहसम्म पार्टी स्कूल, जनसंगठन समन्वय र प्रचार संयन्त्र बनाउँदै संयोजन गर्ने गरी कार्यबिभाजन गरेको थियो । बिहीवारको बैठकले भने कामको मूल्यांकणको आधरमा उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख रहनुभएका पार्टी स्कूल बिभागलाई मात्रै प्रदेश तहमा कायम राखेको हो ।