बैवाहिक बर्षगाँठकाे दिन सामुदायिक वनमा वृक्षारोपण 

महेन्द्रनगर,३० असार : कञ्चनपुरको एक दम्पत्तीले बैवाहिक बर्षगाँठका दिन सामुदायिक बनमा बृक्षारोपण गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका धन सिह धामी दम्पत्तीले भिमदत्त नगरपालिका वडा न ३ मा रहेकाे श्री शहिद स्मृति सामुदायिक उपभोक्ता समुह बनमा बृक्षारोपण गरेका छन । आईतबार ३० असारमा विवाह भएको १५औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दाम्पत्तीले सामुदायिक बनको कार्यालय परिसरमा विभिन्न फलफुलका बिरुवा रोपेका छन । १४ बर्षअघि धनसिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए । तीन सन्तानका धामी दम्पत्तीले कौसिमा वृहत  ड्रागनखेती समेत गर्नुको साथै निशुल्क फलफुलको बिरुवा वितरण गर्ने गरेर चर्चा कमाएका छन । ‘सानै कौसि खेतीबाट पनि कृषिमा वृहत क्रान्ति ल्याउन सकिन्छ’ भन्दै अभियन्ता धामीले निशुल्क बोट विरुवा वितरण गर्ने गरेको बताएका छन । 

धामी दम्पत्तीले रक्तचन्दन, श्रृखण्ड, अग्रउड, ड्रागनफल, शितलचिनिको बिउँ बिरुवा रोपेका छन । धनसिह धामीले बर्ष गाँठमा फजुल खर्च भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गरिएको बताए । बृक्षारोपणमा धामी दम्पत्ती सहित सामुदायिक बनका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायत स्थानिय बासिन्दाहरु सहभागि भएका थिए । धामी दाम्पत्तीको सो कार्यको प्रसंसा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?