२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

आईसीसी टी–२० विश्वकप बाट जित विहिन हुँदै बाहिरियो नेपाल

अमेरिका । बंगलादेश ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल भने खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित हुँदै २०२४ को टी २० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १(१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६-५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । १९ औं ओभरमा मुश्ताफिजुर रहमानले दीपेन्द्रलाई आउट गर्दै मेडन ओभर राखेपछि जितको सम्भावना सकिएको थियो । गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।

रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

यसअघि नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण १-१ अंक बाँडेको थियो ।

आईसीसी टी–२० विश्वकप २०२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?