काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम सी ( बिप्लव) ले कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टीमा बदल्नु पर्ने बताएका छन् । शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै महासचिव विप्लवले ” यस्तो बताएका हुन् ।
उनले कम्युनिष्टहरू मालिक बनेपछि श्रम गर्न छोड्ने चलने गर्दा निम्त्याएको शोसणको अन्त्य गर्न भए पनि सम्पूर्ण कम्युनिष्टहरु श्रमिक हुनु पर्ने बताएका छन् । यही अनुरूप आफूहरुले कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाउँदै आएको उनको भनाई थियो । कम्युनिस्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हाबी हुँदै गएको उनले बताए।
‘कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनुपर्दछ । जसले जे जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भरता ल्याउँदो रैछ भन्ने अनुभूति भएको विप्लवले बताएका छन् । विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ ।’
चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अलमलिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेकोे भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे छन् ।
उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै राज्य अलमलिएको देख्छौँ हामी । भर्खरै मात्र आएको बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् । तर सरकारमै बसिरहेका पार्टीहरू, उनकै नेताहरू, नेताहरू भने निराशापूर्ण आलोचना गरिरहेका छन् ।
उनको प्रश्न छ सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेटकोे काम छैन भन्न थालेपछि अब आर्थिक क्षेत्रमा नागरिकले के आशा राख्ने ?
उनले भने “सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको देखिँदैन । धेरै ठुलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरू हेर्दा खेरी । यतै अलमलिने वा केही समयपछि यो सरकार पनि भताभुङ्ग हुन्छ कि भनेको जस्तो देखिन्छ । “