२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

सहिद विरजंङ्गका पुत्र वियसको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा दुःख व्यक्त

काठमाडौं । महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र एवम् नेकपाका युवा नेता वियस चन्दको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गर्दै विप्लव सीले दुःख व्यक्त गरेका हुन् ।

‘महान् सहिद कमरेड विरजंङ्गका जेष्ठ पुत्र एवम् हाम्रो पार्टीका युवा नेता कमरेड वियस चन्दको यही जेठ १२ गते राति साढे २ बजे भएको निधनले हामीलाई दुःखि र मर्माहत गराएको छ ।’शोक वक्तव्यमा भनिएको छ,‘टिचिङ् अस्पताल काठमाडौंमा उपचारको क्रममा रहेका वियसको निधनले सिङ्गो पार्टी र आन्दोलनलाई क्षति पुर्याएको छ ।’

‘२०३७ साल भाद्र २३ गते रोल्पाको तत्कालीन ईरिवाङ ६, केउरीमा जन्मिएका वियसको ४४ बर्षको उमेरमा भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतक वियसप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ ।’ विप्लवद्वारा वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?