ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया बरामद

कञ्चनपुर, जेठ २ : कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीमा रहेको ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया(काठ) बरामद गरेको छ । सव डिभिजन वन कार्यालय वाणीको टोलीले ग्वालावारी सामुदायिक वनबाट काठ बरामद गरेको हो ।

बुधबार वनको टोलीले ग्वालावारीबाट काठ बरामद गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले लुकाईराखेको अवस्थामा सालका गोलिया बरामद गरिएको बताए ।

‘अहिले हामीले कति काठ हो भनेर एकिन गर्न सकेका छैनौ, ‘उनले भने, ‘अहिलेसम्मको जानकारी अनुरुप १५÷१६थान सालका गोलिया हुन भन्ने आएको छ ।’ उक्त अवैध काठ बारे थप अनुसन्धान गरिने उनले बताए । कृष्णपुरका सामुदायिक वनबाट अवैध काठ बरामददेखि अध्यक्ष, सचिव स्तरकै पदाधिकारी काठ काण्डमा पक्राउ प्रकरणले मिलोमतोमै काठ कटानीदेखि बिक्रि वितरण हुने स्थानीयको दावि छ । स्थानीयले वनकै केही कर्मचारीको मिलोमतोमा सामुदायिक वनका अवैध काठ कटानी हुने र त्यो अवैध काठ बार्किनिङ्ग नमिलेपछि बरामद गर्ने मानिस पक्राउ गर्ने आरोप छ । उद्यपी तथ्य हेर्दा वन कार्यालयले अवैध काठ बरामददेखि संलग्नलाई कार्बाही गर्दै आएको छ ।

कृष्णपुरका सामुदायिक वनमा काठ चोरी तस्करी नरोकिएपछि सर्वत्र कतै सेटिङ्गमै हुन लागेको होकी भनेर नागरिकले शंका गरिरहेका छन । एक पछि अर्को सामुदायिक वनबाट अवैध काठ बरामद देखि पदाधिकारी पक्राउ प्रकरण काठ चोरी तस्करी गरेर धनगढीका सःमिलहरुमा बिक्रि वितरण हुने प्रवृति हावि भएपछि कृष्णपुरका वन रित्तिन लागेको सरक्षणकर्मीहरुको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?